मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
केही नयाँ काम थाल्न समय अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुँदा मन रमाउनेछ । आज तपाईंले सोचेका काम पूरा भएर सुखको अनुभव हुनेछ भने रुपैँया पैसाको कारोबार पनि राम्रो रहनेछ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाइसँग बसेर छलफल र वार्तालाप हुनेछ, जसले धन लाभको मार्ग खुलाउनेछ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर परिवारमा सामान्य विवाद हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु लाभदायक हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज गरेका काममा बाधा आउन सक्छ र आर्थिक नोक्सान पनि हुनेछ । स्वास्थ्य समस्या तथा पेट खराबीले तपाईंलाई अल्छी पनमा पनि पार्न सक्छ । खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक पक्षमा सफलता मिल्नेछ र साथीभाइसँगको भेटले मन रमाउनेछ । परिश्रम अनुसार उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम फेरि सुरु हुन सक्छन् । पाहुनाको आगमनले पनि खुशी दिनेछ । बुद्धिको सही प्रयोगले चाहिएका काममा सफलता मिल्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रम गर्न सके सफलता हात लाग्नेछ । यात्रा हुने सम्भावना छ । आज चिताएको काम पूरा हुनेछ भने धन लाभ पनि हुनेछ । पुराना साथी भाइसँगको भेटले मन रमाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनौठो र लाभदायक यात्रा हुन सक्छ । घर सामान बिग्रन सक्छ र परिवारमा हल्का विवाद हुन सक्छ । सामान्य रोगले सताउन सक्छ, तर सामाजिक सम्मान प्राप्त हुने समय छ । अनौठो तरिकाबाट पनि रुपैँया पैसा कमाइने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोचे अनुसार काम नहुन सक्छ र बढी खर्चले मन शान्त नहुनेछ । सामान्य रोगले सताउन सक्छ । आर्थिक पक्ष खासै राम्रो छैन र नसोचेको क्षेत्रमा पनि पैसा खर्च हुन सक्छ । भौतिक सामानको हानी हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम सम्बन्धमा केही सुधार भएपनि मानसिक तनाव रहन सक्छ । सोचेको काम पूरा नहुन सक्छ । बिहान सुखको अनुभव हुनेछ, तर बेलुकी काममा मन नलाग्न सक्छ । परिवारजनको सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शत्रु र रोग पन्छाउन प्रयास गर्नु उपयुक्त छ । पढाइमा प्रगति कम हुन सक्छ । आज पैसा कमाउने योग छ, नसोचेको ठाउँबाट आम्दानी हुने सम्भावना छ । व्यापार व्यवसायमा पनि राम्रो आम्दानी हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गरेका काम सफल हुनेछन् भने अधुरा काम पनि पूरा हुनेछ । पैसा अनायासै खर्च हुन सक्छ । नयाँ काम थाल्न समय अनुकूल छ । परिवारमा आर्थिक समस्याले सताउन सक्छ । काममा जागरुकता राख्दा धन लाभ हुनेछ । सन्तानबाट सुखको अनुभव पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
झगडाको सम्भावना छ । मनमा डरले चिन्ता बढ्न सक्छ, सावधान रहनु आवश्यक छ । हल्का मनमुटाव हुन सक्छ । निर्णयमा ढिलाइ हुँदा काममा अवरोध आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज तपाईंको सम्मान हुनेछ तर केहीले अनावश्यक डर देखाउन सक्छ । जागिरमा मन नलाग्ने समय छ । धन र मान पाउने योग छ । नोकरी तथा राजनीति क्षेत्रमा आफ्नो बर्चस्व बढाउन सकिने समय छ ।

तपाईको प्रतिक्रिया