माेरङ – गृहमन्त्री सुधन गुरुङले उपचारका लागि अस्पताल पुगेका बिरामीलाई विभिन्न प्रलोभन र दबाबमा पारेर अर्को अस्पतालमा पुर्‍याउने र आर्थिक लाभ लिने गिरोहमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

शनिबार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमनपछि सञ्चारकर्मीसँग गृहमन्त्री गुरुङले प्रतिष्ठानमा पुग्ने बिरामीलाई अन्य अस्पतालमा पठाउने र आर्थिक कारोबार गर्ने घटनाक्रम कायम रहेको गुनासो पाएको बताए।

यस्तो गतिवीधिमा संलग्न जो कोहीमाथि सरकार कडा रुप प्रस्तुत हुने बताउँदै उनले नागरिकलाई अस्पतालमा समेत सुरक्षित उपचारको वातावरण दिनुपर्ने सरकारको दायित्व भएको बताए। उनले भने, ‘यस्ता गतिवीधि गर्नेमाथि कार्वाही हुन्छ। यस्तो घटना नहोस भनेर प्रहरीलाई समेत निर्देशन दिइसकेकाछौ।,’

यसप्रकारले विरामी र तिनका आफन्तमाथि अलपत्र बनाउने, किनबेच गर्ने, र उपचारमा समस्या सृजना गर्नेविरुद्ध केहीदिनभित्रै प्रहरीको विशेष अप्रसेन चल्ने उनको भनाई छ। गृहमन्त्री गुरुङले भने, ‘बिरामी खरिदविक्री गर्नेहरूलाई अब हामी मानव बेचबिखनमै मुद्दा हाल्दिन्छौँ। बीपी प्रशासनलाई पनि त्यही भनेका छौं।,’ गृहमन्त्री गुरुङले बीपी प्रतिष्ठान सुधारलाई आफ्नो पुरानै अभियानका रूपमा उल्लेख गरेका थिए।

तपाईको प्रतिक्रिया