धनकुटा : विद्युत् ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर धनकुटामा एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–२, सामुगाउँस्थित गाराखोला टोलका रामकुमार राई रहेका छन् । उनी सहिदभूमि गाउँपालिकाको पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए ।

नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख विजलीप्रसाद यादवका अनुसार शुक्रबार ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा राईको मृत्यु भएको हो ।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रमुख यादवले मृतकका आश्रित परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने जानकारी दिए ।

उनका अनुसार घटनाको विवरण प्रादेशिक कार्यालयमा पठाइनेछ । आवश्यक प्रक्रिया पूरा भएपछि मृतकको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइनेछ ।

तपाईको प्रतिक्रिया