काठमाडौं। बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ४.४५ मेगावाट क्षमताको माई खोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाको पुनर्स्थापना कार्य सम्पन्न भएसँगै विद्युत् उत्पादन पुनः सुरु भएको हो। एनईएस पावर कम्पनीले आयोजनाको उपकरण आपूर्ति, जडान, परीक्षण तथा कमिसनिङसम्बन्धी सम्पूर्ण कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। भीषण बाढीबाट ठूलो क्षति पुगेको आयोजनालाई प्राविधिक दक्षता र निरन्तर प्रयासमार्फत पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
बाढीबाट क्षतिग्रस्त माई खोला जलविद्युत् आयोजना पुनः सञ्चालन, विद्युत् उत्पादन सुरु





