विराटनगर । मोरङको केराबारी गाउँपालिकामा आत्मदाहको प्रयास गरेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

केराबारी गाउँपालिका–८ धरान लाइनकी ३७ वर्षीया कल्पना लिम्बूको शुक्रबार साँझ काठमाडौंस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार कल्पनाले गत बिहीबार साँझ करिब ६ः१० बजे आफ्नै घरको पछाडिपट्टि शरीरमा मट्टीतेल खन्याएर आगो लगाएकी थिइन् । घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार साँझ करिब ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया