काठमाण्डाै – करेन्ट लागेर ओखलढुङ्गामा एक जनाको ज्यान गएको छ । चिशङ्खुगढी गाउँपालिका वडा नम्बर १ कुइभीरमा करेन्ट लागेर सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ का चन्द्र राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
सोलुखुम्बुका राई खोटाङको दिक्तेल जाने क्रममा कुइभीरमा रहेको फुपूको घरमा बास बस्नुभएको थियो । हिजो बेलुका मेघगर्जनसहित वर्षा भएपछि विद्युत्को एमसीबी बन्द गर्ने क्रममा उहाँलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।