विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
मेयर कोइरालाले भने, ‘समृद्ध विराटनगर हाम्रो साझा सपनाहो । यसका लागि देशभित्र मात्र होइन, बाहिर रहेका प्रत्येक नेपालीको योगदान अपरिहार्य छ । प्रवासमा बसेका नेपालीहरूको अनुभव, सीप र लगानी नै विराटनगरलाई नयाँ दिशामा अघि बढाउने शक्तिहो ।’
उनले विराटनगरलाई कोशी प्रदेशको मात्रहोइन, समग्र देशकै आर्थिक केन्द्रको रूपमा उभ्याउन महानगरपालिकाले विभिन्न विकास कार्यक्रम अघि सारेको उल्लेख गरे । मेयर कोइरालाले स्वास्थ्य, शिक्षा, उद्योग–व्यापार, सफाइ र पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै त्यसकालागि सहकार्य र साझेदारी आवश्यक रहेको प्रष्ट पारे ।
अस्ट्रेलियामा बसेका नेपाली उद्यमी व्यवसायी तथा रोजगारी गरिरहेका व्यक्तिव् यक्तिहरूलाई महानगरमा प्रत्यक्ष लगानी तथा सहकार्यका लागि आमन्त्रण गर्दै उनले भने, “अबहाम्रो शहरलाई आधुनिक पूर्वाधार युक्त, लगानीमैत्री र जीवनस्तर उच्च बनाउन तपाईँहरूको साथ अनिवार्य छ । विराटनगरलाई हामीले कोशीप्रदेश मात्रहोइन, दक्षिण एसियाको एक अग्रणी सहरको रूपमा चिनाउन सक्नेछौँ ।’
कार्यक्रममा उपस्थित गैरआवासीय नेपालीहरूले विराटनगरलाई स्मार्ट सहर बनाउनआवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकाथिए ।

तपाईको प्रतिक्रिया