विराटनगर / सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुवै हेलिकोप्टरका पंखा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।





