मोरङ – विराटनगरको बाल सुधारगृहमा सुरक्षाका लागि मोरङको प्रहरी टोलीले छानबिन गरेको छ। विराटनगर ३ स्थित सुधारगृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार सोमबार मोरङ प्रहरीले गरेको छानविनका क्रममा बालविज्याइकर्ताको साथबाट ६ थान मोबाइल बरामद गरेको छ।
सुधार गृहभित्र मोबाईल प्रयोग गर्न मनाही रहेको उनको भनाइ छ। यद्धपि, बालविज्याइकर्ताले मोबाइल चलाउने गरेको खुलेको छ। सुधारभित्रको सुरक्षा अवस्थालाई लिएर प्रहरीद्धारा नियमितजसो यसप्रकारको छानविन हुने गरेको प्रमुख न्यौपानेको भनाइ छ।
त्यसैगरी, सानो पोका लागुऔष्लध गाजा र सुर्तीजन्य पदार्थसमेत बरामद भएको उनले बताए। ५० जना क्षमता रहेको सुधार गृहमा हाल १ सय ९३ जना रहेकाछन्। अर्कोतर्फ विराटनगरस्थित कारागारमा भने ६२ जना बालविज्याइकर्ता रहेकाछन्। कारागार र सुधार गृहमा गरि कुल २ सय ५५ जना बालविज्याइकर्ता रहेकाछन्। सुधार गृहको सुरक्षार्थ ११ जना प्रहरी खटिएदै आएका छन्।





