विराटनगर ÷विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । ढुङ्गेलकाअनुसार अत्यावश्यक सेवाबाहेक महानगरअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहनेछन् ।

तपाईको प्रतिक्रिया