मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा आउन सक्छ । ढिला सुस्तीका कारण आर्थिक हानी पनि हुन सक्छ, सावधान रहनुहोला । भौतिक साधनको पनि क्षति हुने सम्भावना छ । अहिले देखिएका समस्या तत्काल समाधान नहुन सक्छन् । केही रकम खर्च गर्नुपर्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काममा मन जाने भएपनि गरिरहेको काम ओझेलमा पर्न सक्छ । अरुलाई गर्नुभएको बाचा पुरा हुने दिन हो । काममा व्यस्त रहेपनि सोचे जति फाइदा नहोला । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । अन्य कुरामा सुखले साथ दिनेछ, तर समयको बचतमा ध्यान दिनुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आय–आर्जनमा राम्रो दिन छ । नयाँ काम सुरु गर्न परिवारजनबाट राम्रो सल्लाह पाइनेछ । व्यापारमा धन लाभ हुनेछ । नउठ्ने रकम उठ्ने दिन छ । लामो समयदेखि रोकिएका काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको स्थानबाट पनि धन आउने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जानेछ । साथीभाइले सहयोग पुर्याउनेछन् । रचनात्मक काममा जुट्ने समय हो । दिन एकदमै शुभ छ । साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । मन फुरुङ्ग हुने र धन लाभ हुने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हात हतियार वा जोखिमपूर्ण वस्तुबाट जोगिनुहोला । अनावश्यक वादविवादमा पर्न सकिन्छ, त्यसैले विचार गरेर मात्र बोल्नु बुद्धिमानी हुनेछ । कडा प्रयास गरेपनि सफलता हात लाग्ने बेलामा विवाद आउन सक्छ । खर्च बढ्ने र आलस्य हुने दिन हो । कसैसँग मनमुटाव पनि हुन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा मन नजाने हुँदा अधूरै रहने सम्भावना छ । मान सम्मानमा आघात पुग्न सक्छ । नयाँ काम सुरु गर्न अनुकूल समय छैन । जागिरमा समस्या आउन सक्छ । श्रमको उचित मूल्यांकन नहुन सक्छ । ढिला सुस्तीका कारण सोचेको काम पूरा नहुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चल–अचल सम्पत्तिको कारोबार हुन सक्छ । वैवाहिक जीवनमा सुख अनुभव हुनेछ । सामाजिक काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ, जसले मान प्रतिष्ठा बढाउनेछ । पारिवारिक आवश्यकता पूरा हुनेछ । घरमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरञ्जनसहित बित्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेममा सुखद मिलन हुनेछ । प्रयत्न गर्दा व्यवसायिक क्षेत्रमा फाइदा हुनेछ । परिवारबाट टाढा बस्नुपर्ने हुन सक्छ । साहित्यिक काममा रुचि बढ्नेछ । टाढाको यात्राबाट धन लाभ हुनेछ । वाहन वा चौपाया सम्बन्धी कामबाट पनि फाइदा हुने दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनुहोला । यात्रामा होस पुर्याउनु आवश्यक छ । विरोधीहरू सक्रिय हुन सक्छन् । सामान्य रुघाखोकीले पनि सताउन सक्छ । स्वास्थ्य कमजोर हुँदा काममा अवरोध आउन सक्छ । नसोचेको ठाउँमा धन खर्च हुने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम सजिलै पूरा हुनेछन् । आर्थिक लाभ हुने समय छ । बुद्धि विवेकले राम्रो काम हुनेछ । सही निर्णय लिन सकिने दिन हो । पितृधनको उपयोगबाट लाभ मिल्नेछ । अधुरा काम पूरा हुनेछन् । पढाइमा पनि मन जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा प्रगति हुनेछ । आत्मविश्वास र पराक्रम बढ्नेछ । आँट गरेर गरेको काममा सफलता मिल्नेछ । आर्थिक लाभ भई मन हर्षित हुनेछ । सोचेभन्दा बढी फाइदा हुने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मन लगाएर काम गर्दा सफलता सुनिश्चित हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक काम बन्नेछन् । तर काम गर्दा सावधानी अपनाउनु आवश्यक छ । यात्राको योग छ । घरायसी समस्याले सताएपनि गरेका काम सफल हुनेछन् । लामो यात्राको अवसर जुट्नेछ । खर्च लागेपनि सानो प्रयासले रोकिएका काम पूरा हुनेछन् । आम्दानीका नयाँ स्रोत खुल्नेछन् ।