मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाइँले योजना बनाएको काममा सफलता नपाउन सक्ने देखिन्छ । साथी भाइहरू रुष्ट हुन सक्छन् । प्रतिस्पर्धामा केही कमजोरी देखिन सक्छ र काम पूरा नहुन सक्छ । कठिनाइ सहनुपर्ने दिन छ, होसियारीपूर्वक काम गर्नुहोस् । यातायातका साधन प्रयोगमा पनि सावधान रहनुहोस् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन आयआर्जन सन्तोषजनक रहनेछ । पारिवारिक समस्या बढ्न सक्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउन अनुकूल समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने सम्भावना छ । सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट आर्थिक लाभ हुने दिन छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा जोश र जाँगर बढ्नेछ, मन प्रफुल्ल रहनेछ । सेयर बजार वा व्यापार व्यवसायमा सफलता मिल्ने सम्भावना छ । आर्थिक लाभ हुनेछ । मनोरञ्जनात्मक गतिविधिबाट मन हर्षित हुनेछ । पुराना साथीभाइसँग भेट हुने अवसर पनि रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज वादविवादमा पर्न सकिन्छ, अतः सावधान रहनुहोस् । अनायासै आर्थिक क्षति हुने सम्भावना छ । आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिन्छ । परिवारमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक रुष्ट हुन सक्छन्, विचार गर्नुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम र नोकरीमा झमेलो सामना गर्नुपर्ने दिन छ, तर व्यापारमा लाभ मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । मान सम्मान प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज सोचेको काम बन्नेछ, मन हर्षित हुनेछ । मान्यजनको आगमन हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । आफन्त र मित्रसँग भेटघाट तथा रमाइलो हुनेछ । मान सम्मान बढ्नेछ । सन्तानको पक्षबाट सुखद समाचार सुन्न सकिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नौकरी तथा राजनीति क्षेत्रमा गरेका प्रयास फलदायी हुनेछन् । दिन सामान्यतया ठिकै रहनेछ । कला, साहित्य, मनोरञ्जन प्रति रुचि बढ्नेछ । पारिवारिक सुख समृद्धि बढ्नेछ । नयाँ कामको अवसर फेला पर्न सक्छ । जागिरमा केही समस्या देखिन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा गडबडीको संकेत छ, खानपिनमा विशेष सावधानी अपनाउनु होस् । साना काम र घरेलु समस्यामा अल्झनु पर्ने दिन छ । भौतिक साधनको क्षति हुने सम्भावना छ । सोच्न नसोचेको ठाउँबाट धन प्राप्त हुन सक्छ । सामान्य रोगले सताउन सक्छ, होसियार रहनुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा सहयोगी साथीभाइले राम्रो साथ दिनेछन् । खेतीपातीबाट लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । रोकिएका काम बन्ने दिन छ । विचारले अरूलाई आकर्षित गर्ने समय छ । व्यापारबाट आर्थिक लाभ हुने सम्भावना छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रशंसा प्राप्त हुने दिन छ । व्यापार वा व्यवसायबाट लाभ हुने देखिन्छ । व्यवसायिक काममा फड्को मार्न सकिनेछ । आर्थिक लाभ हुनेछ । काम गर्न उत्साह बढ्नेछ । आम्दानी बढ्ने सम्भावना छ । दिन रमाइलोसँग बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढाको यात्राबाट धन प्राप्ति हुने दिन छ । आफन्तको सहयोग प्राप्त हुनेछ । अवसर आएमा विचार गरेर मात्र नयाँ काम सुरु गर्नुहोस् । बोलीको प्रभाव बढ्नेछ । काम सजिलै बन्ने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज भौतिक साधनको क्षतिले खर्च बढ्नेछ । सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । घरायसी पिडाले मनमा प्रभाव पार्नेछ । अनावश्यक खर्च हुने दिन छ । काममा मन नलाग्ने सम्भावना छ ।