विराटनगर / नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच भेटघाट तथा छलफल भएको छ ।
उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा मेयर कोइराला र राजदूत बासबीच दुई देशबीचको सम्बन्ध, हमासको कब्जामा रहेका नेपाली युवा विपीन जोशीको रिहाई, सूचना प्रविधि र कृषिमा नेपाली युवालाई इजरायलमा रोजगारीको अवसरलगायतका विषयमा छलफल भएको थियो । भेटमा विराटनगर र इजरायलको वीर शिभा सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न पहल गर्ने राजदूत बासले बताए ।
सो अवसरमा मेयर कोइरालाले इजरायल र इरानबीचको युद्धका क्रममा आफूलाई उद्धार इजरालयबाट स्वदेश फर्काउन सहयोग गरेकोमा राजदूतमार्फत इजरायल सरकारलाई धन्यवाद दिए । विराटनगर र इजरायलको वीर शिभा सहरबीच भगिनी सम्बन्ध स्थापित गर्न राजदूत निकै उत्साहित भएको सलोन सदस्य सोम अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया