मोरङ्ग, ११ भदौं । पथरीमा बुधबारवाट एन्फा ए.एफ.सि. लाइसेन्स कोचिङ कोर्स सुरु भएको छ ।
मोरङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सो तालिममा देशभरका २४ जना सहभागिता रहेको छ।
पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको बुधबार भएको उदघाटन सत्रमा पथरीशनिश्चरे नगरपालिकाकि उपमेयर देवीमाया काफ्ले, एन्फाका केन्दीय सदस्य दीपेन्द्र धिमाल, एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का लगायतले तालिमको आवश्यकता र महत्वबारे आफ्नो धारणा राखेका थिए ।
जिल्ला फुटबल संघ मोरङका अध्यक्ष संन्जिव बुढाथोकीको अध्यक्षतामा उदघाटन सत्र भएको थियो ।
२ हप्ता सम्म हुने सो तालिमको प्रशिक्षक नेपाली फुटवल टोलीका पुर्व खेलाडी तथा एन्फाका टेक्निकल डाइरेक्टर खड्का रहेका छन् ।