ड्रोनमार्फत सगरमाथाबाट २८६ केजी फोहर सङ्कलन
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा बढ्दो फोहर व्यवस्थापनका लागि ड्रोन प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको छ। सगरमाथाको क्याम्प–१ क्षेत्रबाट हालसम्म २ सय ८६ केजी फोहर ड्रोनमार्फत सङ्कलन गरिएको छ।
फोहर सङ्कलन अभियानमा संलग्न एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार प्रयोग गरिएका अत्याधुनिक ड्रोनले प्रतिघण्टा करिब १५ मिटर प्रतिसेकेन्डको गतिमा उड्न सक्ने तथा माइनस १५...









