सहुलियत पसलबाट ७२ हजारको नुन बिक्री
लीलाधर वली
घोराही, कात्तिक १२ गते । दाङको घोराहीमा सञ्चालन भएको सहुलियत पसलबाट ७२ हजारको नुन बिक्री भएको छ । दसैँ, तिहार र छठ पर्वको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको सहुलियत मूल्यको पसलबाट पाँच सय जनालाई ७२ हजार रुपियाँ मूल्यको नुन बिक्री गरेको हो ।
सहुलियत मूल्यको पसल भदौ ३० गतेदेखि कात्तिकको नौ गतेसम्म सञ्चालन भएको थियो । उक्त पसलबाट तीन हजार किलो नून बिक्री गरिएको...









