विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता
काठमाण्डौ - नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँले संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै शून...









