काठमाडौं, १२ साउन । भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निमन्त्रणा दिएको छ।

 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको आज जानकारी गराएका हुन् ।

साप्ताहिक मिडिया ब्रिफिङका क्रममा नयाँदिल्लीमा पत्रकारहरूको प्रश्नको जवाफ दिदैँ जैसवालले भने ‘हामीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं।’

प्रधानमन्त्री शाहका सल्लाहकार कुमार बेनले भारतीय अधिकारीहरू भेटेको भन्ने बिषयमा भने उनले असहमति जनाएका छन् ।

तपाईको प्रतिक्रिया