गृहमन्त्री अर्यालद्वारा रामेछाप सवारी दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी

गृहमन्त्री अर्यालद्वारा रामेछाप सवारी दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी
काठमाडौँ, फागुन १९ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाइतेलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिनुभएको हो। फागुन १८ गते रामेछाप नगरपालिका–२, सिरुबारीमा भएको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भ...

काठमाडौँ–२ मा फेरिएको चुनावी समीकरणः राप्रपाकी कुन्ती पोखरेलको बढ्दो लोकप्रियता

काठमाडौँ–२ मा फेरिएको चुनावी समीकरणः राप्रपाकी कुन्ती पोखरेलको बढ्दो लोकप्रियता
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी युवा उद्यमी कुन्ती पोखरेल अहिले यस क्षेत्रमा सबैभन्दा चर्चामा रहेकी उम्मेदवार हुन् । एक दशकभन्दा लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी केवल राजनीतिज्ञ मात्र नभएर एक सफल व्यवसायी र जुझारु सामाजिक अभियन्ताका...

निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था
काठमाडौँ, फागुन १७ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट न...

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा
झापा- फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गरी बिक्रीका लागि राखिएका काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहको तस्बिर र नारा अंकित २६२ थान टि-सर्ट झापाका विभिन्न स्थानबाट प्रहरीले जफत गरेको छ। निर्वाचन र राजनीतिक सन्देश प्रवाह गरी आचारसंहिता वा सुरक्षा संवेदनशीलतामा प्रभाव पार्न सक्ने भन्दै बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका पसलहरूबाट यी सामग्री बरामद...

मेयरको चुनावमा तहल्का मच्चाएकी रञ्जु दर्शना काठमाडौं १ बाट सर्वाधिक चर्चित उम्मेदवार

मेयरको चुनावमा तहल्का मच्चाएकी रञ्जु दर्शना काठमाडौं १ बाट सर्वाधिक चर्चित उम्मेदवार
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–१ मा चुनावी माहोल तातेको छ। यस क्षेत्रबाट रञ्जु दर्शना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारका रूपमा मैदानमा उत्रिएपछि निर्वाचन थप रोचक बनेको छ। काठमाडौं महानगरपालिकाको मेयर पदमा २०७४ सालमा उम्मेदवारी दिएर एकाएक राष्ट्रिय चर्चामा आएकी रञ्जुले त्यतिबेला २३ हजार ४३९ मत प्राप्त गर्दै आफूलाई बलियो वैकल्पिक रा...

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मा सांसद पदबाट निष्कासित

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मा सांसद पदबाट निष्कासित
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा सांसद पदबाट मुक्त भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेपछि जनार्दन शर्मा समूहमा लागेका शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी प्रदेशसभालाई गराएकाे थियाे । साे दलले गरेको निर्णयका आधारमा कर्णाली प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्...

निर्वाचनपछि जनताले एकजनालाई ‘हेभिवेट’ बनाउँछन्: रास्वपा उम्मेदवार खत्री

निर्वाचनपछि जनताले एकजनालाई ‘हेभिवेट’ बनाउँछन्: रास्वपा उम्मेदवार खत्री
भक्तपुर निर्वाचन क्षेत्र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले मतदाताहरुको सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभएको छ । सोमबार भक्तपुरमा घरदैलोका क्रममा खत्रीले परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि आफु चूनावी मैदानमा होमिएको भन्दै मतदाताहरुको सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभएको हो । उहाले निर्वाचनअघि भक्तपुर–२ मा सवै उम्मेदवारहरुको हैसियत बराबर रहे...

मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लघंनका घट्ना बढ्दो

मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लघंनका घट्ना बढ्दो
मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना संलग्न चुनावी गतिविधिमा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको आरोप लागेपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् । सार्वजनिक भएका तस्बिरहरूमा चुनावी प्रचारसँग सम्बन्धित जुलुस तथा सामूहिक गतिविधिमा नाबालक बालबालिकालाई सहभागी ...

स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैन : सूचना अधिकारी घिमिरे

स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैन : सूचना अधिकारी घिमिरे
काठमाडाैँ, फागुन ११ गते । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्नुभएको छ । केही स्थानीय तहका जनप्रतिनिधिहरूले दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख गर्दै उहाँले उक्त कार्य आचारसंहिता विपरित भएको बताउनुभएको हो । उहाँले स्थानीय...

यस्तो छ कर्णालीको निर्वाचन लक्षित सुरक्षा योजना

यस्तो छ कर्णालीको निर्वाचन लक्षित सुरक्षा योजना
सुर्खेत । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुरक्षा रणनीति बनाइएको छ ।निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित बनाउन आवश्यक सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । कर्णालीमा नेपाल प्रहरीले सोही अनुसार आवश्यक जनशक्ति परिचालन गरेको जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रको संवेदनशीलता मूल्याङ्कन गरी सुरक्षाकर्मी खटाउने योजना बनाएको ...