लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक
नयाँ वर्षको अवसर पारेर ‘राम साईली’ बोलको नयाँ लोकगीत सार्वजनिक गरिएको छ। गायिका पुजा परियार र गायक लक्ष्मण बीसीको सुमधुर आवाजमा सजिएको उक्त गीत आज बजारमा ल्याइएको हो।
गीतमा सर्जक अनिश दवाडीको शब्द तथा संगीत रहेको छ। नयाँ वर्षलाई लक्षित गर्दै गीत पुजा परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
यसअघि ‘तिम्रो त यो दुनिया छ’, ‘गलबन्दी चिनो’, ‘नमाने लतार्छु’, ‘पुरानो दौतरी’ ज...









