‘भरपर्दो एवं गुणस्तरीय सेवासहित जनताका समस्या सम्बोधन गर्न निर्देशन’

‘भरपर्दो एवं गुणस्तरीय सेवासहित जनताका समस्या सम्बोधन गर्न निर्देशन’
काठमाडौँ, २१ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिएका छन् । विद्युत् आपूर्तिमा समस्या देखिन थालेको भनी देशका विभिन्न ठाउँबाट गुनासा आइरहेको भन्दै ऊर्जामन्त्री घिसिङले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीति तथा कार्यक्रमसहित आमजनताको माग सम्बोधन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका हु...

बाढी पहिरोबाट घर गुमाएकालाई बसोबासको व्यवस्था सरकारले मिलाउने

बाढी पहिरोबाट घर गुमाएकालाई बसोबासको व्यवस्था सरकारले मिलाउने
काठमाडौं । बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था सरकारले मिलाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको हो । बाढीपहिरोबाट कसैको घर भत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा...

पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत

पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
विराटनगर / लगातारको वर्षाले ठूलो क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले हवाई माध्यमबाट पहिलो चरणको राहत पठाएर उद्धार अभियानलाई तीव्रता दिएको छ । स्थलमार्ग अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी खाद्यान्न र अत्यावश्यक सामग्री बिहानै इलाम पुरयाएको हो । मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए । उनका अनुसार प...

मोरङको केराबारीमा तीन दिनदेखि बेपत्ता पुरूषकाे शव अम्रिसो बारीमा फेला

मोरङको केराबारीमा तीन दिनदेखि  बेपत्ता पुरूषकाे शव अम्रिसो बारीमा फेला
मोरङको केराबारीमा तीन दिनदेखि बेपत्ता भएका एक जना पुरुष पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार केराबारी गाउँपालिका–१ पाटीगाउँका ३४ वर्षीय गोरे भनिने रामबहादुर लिम्बू मंगलबार बिहान घरनजिक रहेका आफ्नै अम्रिसो बारीमा मृत फेला परेका हुन्। लिम्बू शनिबारदेखि बेपत्ता रहेको जानकारी परिवारले प्रहरीलाई दिएको थियो। खोजी गर्ने क्रममा मंगलबार बिहान करिब ११:५० बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रह...

हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल खनाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै

हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल खनाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै
सुन्दरहरैंचा (मोरङ) : एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएका छन्। प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मान गर्न लागिएको हो। मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए...

कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
काठमाण्डौ – आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष त्यो दिन दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्ग...

जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं

जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् । मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् । जेनजी आन्दोलन समेत पश्चिमाहरुको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संबिधान पुनः स्थापना गर्नु आवश्यक रहेको औल्या...

सुनको मूल्य निरन्तर अकासिँदो

सुनको मूल्य निरन्तर अकासिँदो
काठमाडौँ, असोज २१ गते । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु. दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु. दुई हजार ३०० ले बढेर रु. दुई लाख ३५ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ । सोमबार एक त...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
काठमाडौं, असोज २१ गते । महिला ट्वेन्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थि...

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाखका दरले राहत दिइने

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाखका दरले राहत दिइने
प्रेम अधिकारी पशुपतिनगर (इलाम), असोज २१ गते । इलामको सूर्योदय नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपियाँका दरले राहत दिने भएको छ । नगरले बाढी पहिरोमा परी नगर क्षेत्रभित्र ज्यान गुमाउनेका परिवारलाई तत्काल दुई लाख रुपियाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो । नगरले एकै परिवारका थप सदस्यको ज्यान गएको भएमा प्रतिसदस्य थप एक लाख रुपियाँका दरले रकम प्रदान गर्ने ...