काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका छन्। प्रधानमन्त्री शाहले सामेबार भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहले सोमवार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेट्ने तय भएको छ।

त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबार अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ।यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।

गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

उनी विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने योजनामा थिए। तर, पछिल्लो पटक प्रधानमन्त्री शाहले असार २३ मा एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाह र अध्यक्ष कान्दाबीच नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास गरी तीन वटा विषयमा केन्द्रित भएर छलफल भएको थियो। त्यसपछि प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई एक्लाएक्लै भेट्न लागेका हुन्।

तपाईको प्रतिक्रिया