कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट पुस्तकालयसहित ४ जना पुरस्कृत
विराटनगर / वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहितस सम्मान गरेको छ ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले विराटनगरमा कार्यक्रम आयोजना गरेर कविता, कथा, समालोचनालगायतका विधामा कलम चलाउने ३ जना स्रष्टा नगदसहित पुरस्कृत गरेको हो ।
कार्यक्रममा भारतको कालेबुङमा रहेर विगत पाँच दशकभन्दा लामो समयदेखि साहित...







