काठमाडौं। बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्न भारतले १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको छ।

भारतले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाएको छ। भारतले चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया