भन्सारको सेटिङमा तस्करी ? जाँचपास भइसकेको ट्रकबाट २७ प्रकारका ‘गायब’ सामान फेला
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट विधिवत् जाँचपास भएर बाहिरिएको भारतीय मालवाहक ट्रकलाई सशस्त्र प्रहरीले पुनः नियन्त्रणमा लिएपछि भन्सार प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। भन्सारले पास गरिसकेको ट्रकभित्र प्रज्ञापनपत्रमा उल्लेखै नभएका २७ प्रकारका सामान भेटिएपछि ‘सेटिङ’ मार्फत सामान छिराउने खेल भएको आशंका बलियो बनेको छ।
साउन ३ गते भारतीय नम्बर बीआर ०१६ ए ३३४७ को ट्रक विराटनगर भन्...









