मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको योजना बन्नेछ । साझेदारीमा काम गर्ने विषयमा आज निर्णय नगर्नुहोला । सन्तानबाट सुख प्राप्त हुनेछ । राति चन्द्रमालाई विधिपूर्वक जल अर्पण गर्नुहोला, शुभ फल प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्ष केही कमजोर रहनेछ । शारीरिक स्फूर्ति कम हुन सक्छ । वादविवाद बढ्ने सम्भावना छ । आज सेतो वस्तुको प्रयोग गर्नुहोला, शुभ फल प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक समस्या तथा झमेलाका कारण दिन बित्न सक्छ । आर्थिक पक्ष सामान्य रहनेछ । आत्मबल केही कमजोर हुन सक्छ र मन भारी रहनेछ । आज पिता वा गुरुको सम्मान गर्नुहोला, शुभ फल प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक प्रगति हुने योग छ । दाम्पत्य सुखमा वृद्धि हुनेछ । नयाँ वस्तु खरिद गर्ने अवसर मिल्न सक्छ । साँझ चन्द्रमालाई दूध मिश्रित जल अर्पण गर्नुहोला, शुभ फल प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्राको अवसर मिल्नेछ । धार्मिक कार्यप्रति रुचि बढ्नेछ । सिर्जनात्मक तथा रचनात्मक काममा सफलता मिल्न सक्छ । ‘ॐ घृणि सूर्याय नम:’ मन्त्र जप गरी सूर्यलाई जल अर्पण गर्नुहोला, शुभ फल प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फलामजन्य वस्तुको प्रयोग नगर्नुहोला । यात्राका क्रममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । साँझतिर आकस्मिक धन लाभको योग छ । आज व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
क्रोध बढ्न सक्छ । नशासम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनुहोला । मनोरञ्जनतर्फ मन आकर्षित हुनेछ । प्रेम सम्बन्ध स्थिर रहनेछ । आज सुगन्धित वस्तुको प्रयोग गर्नुहोला, शुभ रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन प्रसन्न रहनेछ । बिहान १२ बजेसम्म नयाँ कामको अवसर प्राप्त हुन सक्छ । साँझको समय आर्थिक पक्षका लागि अनुकूल नहुन सक्छ । आज हनुमानजीको स्मरण गर्नुहोला, शुभ फल प्राप्त हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
पारिवारिक समस्याका कारण दिन केही व्यस्त रहन सक्छ । आमाबुबाको सेवा गर्ने अवसर प्राप्त हुनेछ । सन्तान पक्षमा केही कमी महसुस हुन सक्छ । व्यापार तथा नोकरी सामान्य रहनेछ । केरा वा पहेँलो फल दान गर्नुहोला, शुभ फल प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लोकप्रियता बढ्दै जानेछ । बिहानको तुलनामा बेलुकाको समय बढी आनन्दमय रहनेछ । पारिवारिक झमेलाको सामना गर्नुपर्ने हुन सक्छ । आज मेहनतका साथ काम गर्नुहोला र धैर्यता कायम राख्नुहोला, यसबाट लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विद्या तथा बुद्धिको क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक चिन्ता बढ्न सक्छ । मन केही चञ्चल रहनेछ । आज कालो वस्तु वा कालो तिल दान गर्नुहोला, शुभ फल प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेम सम्बन्धमा मिलन तथा आत्मीयता बढ्नेछ । सजावटका वस्तुबाट सुख प्राप्त हुन सक्छ । सामाजिक कार्यप्रति रुचि बढ्नेछ । आज भगवान् विष्णुको ध्यान गर्नुहोला, दिन शुभ रहनेछ ।





