विपद्का बेला बीभत्स दृश्य र अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा बीभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री तथा सनसनीपूर्ण प्रस्तुति नगर्न पत्रकार र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ ।
काउन्सिलले जारी गरेको ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ मा सबैभन्दा पहिले समाचार दिनेभन्दा सही, पुष्टि भएको र जीवनोपयोगी सूचना दि...









