रु. ४ लाखभन्दा बढीका अवैध सामान भन्सार बुझाइयो
विराटनगर — सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङले सीमा क्षेत्रबाट बरामद गरेको रु. ४ लाख ९ हजार २ सय ७५ बराबरका अवैध सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरीले साउन ८ गते विभिन्न स्थानमा सञ्चालन गरेको निगरानीका क्रममा किराना सामग्री, लत्ताकपडा, मोटर पार्ट्स, गहना राख्ने बट्टा, नक्कली गरगहना तथा अन्य सामग्री बरामद गरेको जनाएको छ। बरामद गरिएका सामान आ...









