सशस्त्रका सात एसपी एसएसपीमा र छ जना एसएसपी डीआईजीमा बढुवा

सशस्त्रका सात एसपी एसएसपीमा र छ जना एसएसपी डीआईजीमा बढुवा
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालका ७ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बढुवा नियुक्तिसम्बन्धी निर्णय गर्दै सरकारले सशस्त्र प्रहरीका अधिकृतहरूको नयाँ पदोन्नति सूची स्वीकृत गरेको हो । बढुवा हुने अधिकृतहरूमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार...

सरकारले भन्यो– सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ

सरकारले भन्यो– सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ
काठमाडौँ। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागिपरेको जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताए। “कूटनीतिक प्रयासले नै समस्या समाधान गर्नेमा हाम्रो स्पष्ट धारणा छ”, उनले भने। चीन र भारतबीच सञ्चा...

युट्युबरले हैरान पारेपछि मेयरको आपत्ति

युट्युबरले हैरान पारेपछि मेयरको आपत्ति
सर्लाहीको लालबन्दीमा 'युट्युबर आतंक' मच्चिएको भन्दै नगरपालिकाले गुनासो गरेको छ । नगर क्षेत्रका विद्यालयमा पसेर युट्युबरहरूले अनावश्यक दुःख दिएको नगर प्रमुख वासुदेव अधिकारीले जानकारी दिए । आफूलाई युट्युबर बताउने व्यक्तिहरू पढाइ भैरहेका बेला कक्षा कोठामा अनाधिकृतरूपमा छिरेर दु:ख दिइरहेको मेयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पठन पाठन भैरहेको समयमा भिडियो खिच्ने, अन्तरवार्ता लिने काम गरि...

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
स्याङ्जा/ देशकै ठूलो जलविद्युत आयोजनामध्ये एक कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्र केही दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । विद्युत गृहभित्र रहेको इन्लेट भल्ब र टर्बाइनमा समस्या देखिएपछि केन्द्रले उत्पादन रोक्न लागेको हो । केन्द्रले जारी गरेको सूचनाअनुसार आज रातिदेखि वैशाख २९ गते बिहानसम्म विद्युत उत्पादन बन्द रहनेछ । यस अवधिमा पावर हाउसमा बृहत् मर्मतसम्भार गरिने जनाइएको छ । केन्द्र प्रमु...

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

नेप्से परिसूचक २७ अङ्कले बढ्यो
काठमाडौँ – यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ। यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो। आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ समूह ...

२० हजार घुस लिएका प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध भ्रष्टाचार मुद्दा, कैद, बिगोसहित जरिवाना

२० हजार घुस लिएका प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध भ्रष्टाचार मुद्दा, कैद, बिगोसहित जरिवाना
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रहरी वृत्त मालीगाउँ, काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक राउतले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको हो । आयोगका अनुसार बैंकिङ कसुर अन्तर्गतको चे...

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
स्याङ्जा/ स्याङ्जाको हरिनास गाउँपालिकामा आजदेखि आठौं वडा स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । गाउँपालिकाको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । गाउँपालिका खेलकुद विकास समितिको सहयोगमा हुने प्रतियोगितामा पुरुष तथा महिला भलिबल, भेट्रान्स भलिबल तथा ब्याडमिन्टन खेल समावेश गरिएका छन् । प्रतियोगितामा विभिन्न वडाका खेलाडी तथा खेलप्रेमीको उत्साहजनक स...

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त
काठमाडौँ । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि रिक्त रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दैनिक प्रशासनिक तथा स्वास्थ्य सेवा सञ्चालनलाई सहज बनाउने उद्देश्यले रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बिमा बोर्डमा निमित्त न...

नेपाल उद्योग वाणिज्य महासंघको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ। महासङ्घले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणला...

केटीहरू कस्तो पार्टनर चाहन्छन् ?, सुखी दाम्पत्य जीवनका लागि पार्टनरसँग उमेरको अन्तर कति हुनुपर्छ ?

केटीहरू कस्तो पार्टनर चाहन्छन् ?, सुखी दाम्पत्य जीवनका लागि पार्टनरसँग उमेरको अन्तर कति हुनुपर्छ ?
काठमाडौँ । तपाईँले धेरै यस्ता जोडीहरू देख्नु वा सुन्नु भएको होला, जसको बिचमा उमेरको अन्तर धेरै छ। तर, यो आवश्यक छैन कि पुरुष पार्टनरको उमेर मात्रै ठुलो होस्, कहिलेकाहीँ महिला पार्टनरको उमेर पनि ठुलो हुन्छ । तर केटीहरू कस्तो पार्टनर चाहन्छन् भन्ने कुरा पनि जान्न जरुरी छ । धेरै केटीहरू विश्वास गर्छन् कि उनीहरूको पार्टनर परिपक्व हुनुपर्छ । त्यसैले तिनीहरू प्रायः एक बुद्धिमान पार्टनर चाहन्छन् जसले ...