शंकास्पद रूपमा बेपत्ता महिला मृत अवस्थामा फेला
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ स्थित वनरझुला गाउँका घरबाट हराइरहेकी महिला मृत भेटिएकी छन् । स्थानीय छोटु भनिने वीरेन्द्र रायकी पत्नी अनितादेवी राय सोही वडाको नौ किलोमिटर भन्ने ठाउँमा बुधबार मृत भेटिएकी हुन् ।
अनिताका पति वीरेन्द्र भने वैदेशिक रोजगारीमा छन् । कोशी नदी छेउमा अनिताको शव सडेगलेको अवस्थामा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । उनक...









