बागलुङ नगरपालिकाको वित्तिय प्रगति २२.४५ प्रतिशत

बागलुङ नगरपालिकाको वित्तिय प्रगति २२.४५ प्रतिशत
रामकृष्ण बोहरा बागलुङ, पुस २६ गते । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति गरेको छ । शुक्रबारदेखि सुरु भएको नगरसभाको १८ औं अधिवेसनमा नगर उपप्रमुख राजु खड्काले आर्थिक वर्ष २०८२/०८३ को पुस २१ गतेसम्म २९ करोड ४० लाख ९८ हजार ८ सय खर्च भएको जानकारी दिनुभयो । नगरउपप्रमुख खड्काका अनुसार, चालु आर्थिक वर्षको ६ महिनामा चालु खर्चतर्फ ८४ करोड, ४१ लाख ७ हज...

वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन
काठमाडौँ, पुस २६ गते । वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ । उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल ल्याउने क्रममा उहाँको निधन भएको हो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिनु भएका...

खेलकुदमन्त्री गुप्तामाथि राजीनामाको दबाब

खेलकुदमन्त्री गुप्तामाथि राजीनामाको दबाब
काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर अमेरिका भ्रमणमा जान लागेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि राजीनामाको दबाब बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा रवि, कुलमान र बालेनको सम्झौता समारोहमा सहभागी गुप्तालाई रास्वपासँगको आबद्धता विषयमा स्पष्ट भई पार्टीमा लाग्ने भए राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिइरहँदा अमेरिका भ्रमण विवादले समेत थप दबाब बढेको हो । एनआरएन...

तौल घटाउने सुई लिन छाडेपछि तौल चार गुणा छिटो बढ्न सक्ने : अध्ययन

तौल घटाउने सुई लिन छाडेपछि तौल चार गुणा छिटो बढ्न सक्ने : अध्ययन
विराटनगर / तौल घटाउने सुई लिन छाडेपछि तौल चार गुणा छिटो बढ्न सक्ने एक अध्ययनले देखाएको छ । तौल घटाउने सुईहरू द्रुत गतिमा लोकप्रिय हुँदै गइरहेका छन्, तिनीहरूलाई ‘स्किनी ज्याब्स’ वा सामान्यतया ‘स्लिमिङ इन्जेक्शन’ भनेर चिनिन्छ । ‘मन्जारो’ वा ‘भिगोभी’ जस्ता तौल घटाउने यी सुईहरूले भोक कम गर्छन् र छिटो तौल घटाउन मद्दत गर्छन् । तौल घटाउने सुईले बढी तौल भएका व्यक्तिहरूको तौल उल्लेखनीय रूपमा घटाउने ...

थलीमा बसको ठक्करले युवतीको मृत्यु

थलीमा बसको ठक्करले युवतीको मृत्यु
काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका थलीमा बसको ठक्करले एक युवतीको मृत्यु भएको छ। बा ५ ख २५६२ नम्बरको सार्वजनिक बसले ३–०१ ०१३ प ९५४ नम्बरको स्कुटरमा सवार २४ वर्षीया आयुसा सिंखडालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बौद्ध ट्राफिक प्रहरीले जनायो।उनी थलीकै बासिन्दा हुन्। घटनापछि स्थानीयले सडक अवरोध गरेर विरोध गरिरहेका छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार आज दिउँसो बराहक्षेत्र-३ का ७२ वर्षीया मैया विक घाँस काट्न जङ्गलमा जाने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् । त्यस्तै, आजै दिउँसो बराहक्षेत्र-३ का ३४ वर्षीया पूजन विक जङ्गलबाट घाँस काटेर फर्क...

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीले आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्च अधिकारीहरूले आज प्रधानमन्त्री कार्कीलाई भेटेर यसबारे जानकारी गराएकाे हाे । आयोगले चुनावका लागि आउँदाे माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता ज...

फागुन–२१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङमा साढे चार हजार वढि निर्वाचन प्रहरी भर्ना गरिने

फागुन–२१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङमा साढे चार हजार वढि निर्वाचन प्रहरी भर्ना गरिने
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा साढे चार हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाउन ४ हजार ५ सय ५४ जना निर्वाचन प्रहरी भर्नाका लागि आइतबारदेखि दरखास्त आह्वान गरिएको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार भर्ना हुनेमध्ये ५ सय ७१ जना सशस्त्र प्रहरी बलतर्फ र बाँकी नेपाल प्रहरीतर्फ रहनेछन्। निर्वाचन...

कोशी प्रदेशमा घुम्ती अस्पताल सञ्चालन

कोशी प्रदेशमा घुम्ती अस्पताल सञ्चालन
विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिका बाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गरे । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुक...

पौष २६ गते शनिबार, यस्तो छ तपाईको राशिफल

पौष २६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष कृषि, पशुपालन तथा साना तिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा विशेष सावधानी अपनाउनु होला । बेकारको विवादमा फसिने सम्भावना छ, त्यसैले बोल्दा धैर्य गर्नु उत्तम हुनेछ । व्यापारमा भने फाइदा हुने देखिन्छ । पेशागत रूपमा केही समस्या आउन सक्छ । मुद्दा मामिलामा पर्न सकिने र अनौठा समाचार सुन्न पाइने योग छ । वृष कामकाजमा केही समस्याको सामना गर्नुपर्ला । गलत लेनदेनका कारण अप्ठ्यारो आउन सक्छ । जा...