नयाँ सहकारी दर्ता र शाखा विस्तार रोक्न सरकारी प्रतिवेदनको सिफारिश
काठमाण्डाै – सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ सहकारी संस्था दर्ता नगर्न, शाखा वा सेवा केन्द्र खोल्न स्वीकृति नदिन र एकभन्दा धेरै शाखा सञ्चालनमा रहेका सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सिफारिश गरेको...









