विराटनगर: विराटनगर महानगरपालिका–६ को नेपाली कांग्रेस वडा अधिवेशनका क्रममा विवाद भएपछि एक जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो करिब १ः४० बजे विराटनगर–६ स्थित बलभद्र सेवा समिति केसलियाको सभाहलमा भइरहेको वडा अधिवेशनमा विवाद भएको हो। मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधि पदका उम्मेदवार विराटनगर–६ निवासी ४४ वर्षीय इरसाद अहमदले विपक्षी उम्मेदवारहरूसँग होहल्ला गर्दै विवाद गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले अहमदलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया