गैर कृषि प्रयाेजनले मलकाे अभावमा मर्चवारका किसान

गैर कृषि प्रयाेजनले मलकाे अभावमा मर्चवारका किसान
मोहम्मद हबिब भैरहवा, ६ भदौं । अन्न भण्डारको रुपमा मानिने रुपन्देहीको मर्चवारमा भने विगत केही वर्ष देखि मलखादको लागि किसानले भौतारिनु पर्ने अवस्था सृजना भएको छ ।   पहिला सस्तो र सहज रुपमा पाइने मल गैर कृषि प्रयोजनमा प्रयोग बढेपछि  किसानहरुलाई सास्ती हुने गरेको छ ।    रुपन्देही सम्मरीमाई–७  भैसागहनका ७० वर्षिय निजामुद्दीन मुसलमानले अहिलेको सिजनमा धानबालीमा मल(युरिया) हाल्न नपाएको बताउ...

कोशी र मधेश प्रदेशमा सेवा विस्तार गर्दै न्युरोे अस्पताल, २४ वर्षमा २५ लाखलाई सेवा

कोशी र मधेश प्रदेशमा सेवा विस्तार गर्दै न्युरोे अस्पताल, २४ वर्षमा २५ लाखलाई सेवा
विराटनगर ५ भदौ । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरले कोशी र मधेश प्रदेशका तीन स्थानमा सेवा विस्तारको तयारी गरेको छ । विराटनगर बाहेक तीन स्थानबाट सेवा विस्तार गर्ने गरि तयारी शुरु भएको अस्पतालले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । २४ वर्ष पुरा गरि २५ औं वर्ष प्रवेशको अवसरमा आज पत्रकार सम्मेलन गरि अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले सो जानकारी दिनुभएको हो । तीन ...

“प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को गृहमन्त्रीले गरे शुभारम्भ

“प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को गृहमन्त्रीले गरे शुभारम्भ
काठमाडौं, ५ भदौं । ‘साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच गृहमन्त्री रमेश लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्‍घाटन गरेका हुन ।   समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठनमा आवद्ध भई संगठनलाई अझ...

एनपीएलको दोस्रो संस्करण मंशिर १ गते देखी

एनपीएलको दोस्रो संस्करण मंशिर १ गते देखी
काठमाडौं, ५ भदौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंशिरमा हुने भएको छ ।   नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि मंसिर २८ सम्म हुने जानकारी दिएको हो ।   उक्त संस्करणका लागि टिमहरूको मिनि अक्सन सकिएको छ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

चिनिया राष्ट्रपति सि जिङफिङ ल्हासामा

चिनिया राष्ट्रपति सि जिङफिङ ल्हासामा
काठमाडौं, ४ भदौं । केन्द्रीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका राष्ट्राध्यक्ष सी चिनफिङ यस क्षेत्रको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्राध्यक्ष सी र प्रतिनिधिमण्डललाई सिजाङ...

ज्येष्ठ नागरिक सेवा समाजको तीज विशेष कार्यक्रम

ज्येष्ठ नागरिक सेवा समाजको तीज विशेष कार्यक्रम
विराटनगर ÷ हिन्दू नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथिका रूपमा सहभागी भइन् । उनले तीजलाई केवल नाचगान र दरमा सीमित नराखी यसलाई महिलाहरूको आत्मस्फूर्त भावनात्मक अभिव्यक्ति र आत्मबल वृद्धि गर्ने पर्वको रूपमा लिनु...

आजको राशिफल ~ वि.सं२०८२ भाद्र ०५ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं२०८२ भाद्र ०५ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्य...

आजको राशिफल ~ वि.सं २०८२ भाद्र ०४ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ भाद्र ०४ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मान समेत प्रप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको...

सवारीको पहिचान सडकको गेटबाटै

सवारीको पहिचान सडकको गेटबाटै
काठमाडौँ, भदौ ३ गते । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने प्रावधान लागु भएसँगै त्यसको कार्यान्वयनका लागि मुलुकको विभिन्न आठ ठाउँमा इम्बोस्ड नम्बर प्लेटको ट्रेसिङका लागि उच्च सेन्सर भएको क्यामरासहित ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस गेट’ (आरएफआइडी) निर्माण गरिने भएको छ । पहिलो चरणमा मुलुकभरि १० ठाउँमा यस्तो गेट निर्माण गरिने छ । यसमध्ये दुई ठाउँमा सञ्चालन भइसकेका ...

प्रिमियर लिगमा एभर्टनलाई हराउँदै लिड्सको विजयी शुरुआत

प्रिमियर लिगमा एभर्टनलाई हराउँदै लिड्सको विजयी शुरुआत
काठमाण्डौ – फुटबलमा लिड्स युनाइटेडले एभर्टनलाई हराउँदै विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा लिड्सले एभर्टनलाई १–० गोलले हरायो । एभर्टनको जीतमा लुकास न्मेचाले ८४ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । प्रिमियर लिगमा हिजो राति भएका खेलमा आर्सन र नॉटिङ्घम फरेस्ट विजयी भएका थिए भने चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका थिए ।