क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली

क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली
इलाम- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिएका हुन्। अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेक...

भारतीय प्रधानसेनापति आज नेपाल भ्रमणमा आउँदै

भारतीय प्रधानसेनापति आज नेपाल भ्रमणमा आउँदै
काठमाडौं। भारतीय प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्। सन् २०२६ जुन ३० मा भारतको प्रधानसेनापतिको रूपमा पद सम्हालेका सेठ आइतबार अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने छन्। नेपाल भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिने कार्यक्रम रहेको छ। सन् १९५० देखि नै दुई देशका सेनाबिच मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन छ। नेपाली सेनाका ...

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
भोजपुर। पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको छ। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन्। पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राई गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बङ्गुरका...

ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् । इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् । ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । उनका अनुसार ओली भोलि बिर्तामोड...

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
हेटौँडा, साउन ३० गते । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । यही साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, ...

एनआरएनको ११ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको ग्वाङ्झाउमा सुरु

एनआरएनको ११ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको ग्वाङ्झाउमा सुरु
ग्वाङ्झाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण-२०२६’ मा चीनको ग्वाङ्झाउमा सुरु भएको छ । अगस्ट १५ देखि १७ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन नेपालसहित विश्वका विभिन्न मुलुक तथा एसिया प्यासिफिक क्षेत्रका देशबाट प्रतिनिधि तथा संघका अगुवाहरू ग्वाङ्झाउमा भेला भएका छन् । सम्मेलनले नागरिकता,लगानी र एनआरएनको भावी योजना पारित गर्दै घोषणापत्र तयार गर्न...

इटहरीमा खैरो हिरोइनसहित तीन जना पक्राउ, ताप्लेजुङमा हतियार फेला

इटहरीमा खैरो हिरोइनसहित तीन जना पक्राउ, ताप्लेजुङमा हतियार फेला
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।प्रहरीले उनीहरूको साथबाट लागुऔषध, नगद तथा मोबाइल फोन बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार इटहरी–१० शिवनारायण टोलस्थित ४१ वर्षीय मोहन गुरुङको घरमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली, इलाका ...

यमुना केसीको ‘जडिया पोई’ नयाँ तीज गीत सार्वजनिक

यमुना केसीको ‘जडिया पोई’ नयाँ तीज गीत सार्वजनिक
काठमाडौं । नेपाली नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका यमुना केसीको नयाँ तीज गीत ‘जडिया पोई’ सार्वजनिक भएको छ। तीजको मौलिकता, पारिवारिक सम्बन्ध र नेपाली समाजको परिवेशलाई समेटेर तयार गरिएको गीत तथा भिडियो यमुना केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ‘जडिया पोई’ गीतमा यमुना केसीको स्वर तथा शब्द रहेको छ। गीतमा भद्र ओलीले संगीत, संगीत संयोजन, मिक्सिङ त...

नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रमा नै वर्चश्व जमाउनुपर्ने बेला आयो : इञ्जिनियर गौरी पण्डित

नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रमा नै वर्चश्व जमाउनुपर्ने बेला आयो : इञ्जिनियर गौरी पण्डित
काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका सभापति इञ्जिनियर गौरी पण्डितले देशभरका स्वतन्त्र इञ्जिनियरलाई संगठित गर्दै संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । उनले इञ्जिनियरहरूको पेसागत हक, अधिकार र क्षमता अभिवृद्धिका लागि नेशनल इन्जिनियरर्स एसोसिएसनलाई केन्द्र, प्रदेश तथा जिल्ला तहसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने बताए । आगामी दिनमा इञ्जिनियरिङ क्षेत्रको नेतृत्वमा संगठनको प्र...

भदौ १ मा विद्युत् प्राधिकरणका महसुल काउन्टर बन्द रहने

भदौ १ मा विद्युत् प्राधिकरणका महसुल काउन्टर बन्द रहने
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ४१औं वार्षिकोत्सव अवसरमा भदौ १ गते देशभरका महसुल संकलन काउन्टर बन्द रहने बताएकाृ छ। प्राधिकरणले वार्षिकोत्सवका दिन अनलाइन माध्यमबाहेक सम्पूर्ण महसुल संकलन काउन्टर बन्द रहने जानकारी गराएको हो। उक्त दिन ग्राहकले विद्युत् महसुल भुक्तानीका लागि अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन्। भौतिक रुपमा महसुल संकलन काउन्टर बन्द रहे पनि अनलाइन सेवा सुचारु हुने प्राधिकरणको...