भदौ ०१ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भदौ ०१ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा नयाँ जिम्मेवारी पाउने र क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ । रोकिएका काम अघि बढ्दा आत्मविश्वास बढ्नेछ । व्यापारमा नयाँ अवसर आउन सक्छ । आम्दानी राम्रो भएपनि खर्चमा संयम अपनाउनु उचित हुनेछ । परिवारमा खुसीको खबर मिल्न सक्छ । स्वास्थ्य सामान्यत: राम्रो रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज योजनाबद्ध रूपमा अघि बढ्दा काममा सफलता मिल्नेछ । म...

बागलुङमा विपद्ः आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङमा विपद्ः आठ घरमा क्षति, ४० उच्च जोखिममा
बागलुङ। जिल्लको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन्। मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका २ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो। निसीखोलाका ४० घर पहिरोको उच्च जोखिममा परेका निसीखोला २ का वडाध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिए। पहिरोले कतिपय स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उनले घरको पाल...

देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा

देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः  सांसद राणा
काठमाडौं। उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट विदेशिनु नेपाली युवाको बाध्यता नभई रोजाइ बन्नुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा बोल्दै उनले देशभित्र पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू विदेशिन बाध्...

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
काठमाडौँ । बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छिन्। उनले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए। सौर...

नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री

नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् ।सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डि...

साढे चार लाख अर्लैचीको बिरुवा वितरण

साढे चार लाख अर्लैचीको बिरुवा वितरण
चन्द्र पन्दाक ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई करिव साढे चार लाख अलैँचीको बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले वडा ७ ओलाङ्चुङगोलाबाहेक अन्य छ वटा वडाका किसानलाई उक्त परिमाणमा अलैँचीको बिरुवा वितरण गरेको हो । पालिकाका वडा १ देखि ६ सम्मका किसानलाई कूल चार लाख ४४ हजार ९०० अलैँचीको बिरुवा वितरण गरिएको हो । अर्लाङ, डम्बरसाई र रामसाई जातको अलैँची बिरुवा वितरण ग...

धनकुटाको चारखोले गोलाइमा बस पल्टिँदा तीन यात्रु घाइते

धनकुटाको चारखोले गोलाइमा बस पल्टिँदा तीन यात्रु घाइते
सन्तोष सुवेदी पाख्रीबास (धनकुटा), ३१ साउन । कोसी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित चारखोले गोलाइमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई सडकछेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेहरूमा तेह्रथुमको छथर गाउँपालिका-१ की ११ वर्षीया नुमा लिम्बू, छथर-४ का ६९ व...

इन्डोनेसियाकाे भूकम्पमा परी ४७ जनाकाे मृत्यु

इन्डोनेसियाकाे भूकम्पमा परी ४७ जनाकाे मृत्यु
लाबुआन बाजो, साउन ३१ गते । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पमा उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् । भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ । सिक्का, न्गाडा र एन्...

बाँकेका दुई महिला पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान

बाँकेका दुई महिला पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान
सिराज खान नेपालगन्ज, साउन ३१ गते । नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक विषयमा कलम चलाएको भन्दै बाँकेका दुई जना महिला पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको ३४ औं र ३५ औं वार्षिक साधारण सभामा ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट हिमालय टेलिभिजनका नेपालगन्ज संवाददाता निशा शाह र ‘नवोदित पत्रकार पुरस्कार’ बाट दैनिक नेपालगन्जका पत्रकार सजल गैरेलाई सम्मानित गरिएको छ । ...

बढ्यो स्थानीय बजारमा सुनचाँदीको मूल्य

बढ्यो स्थानीय बजारमा सुनचाँदीको मूल्य
काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजार ६०० र चाँदी रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो । ...