नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
काठमाडौँ । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रतता हननका १२१ घटना घटेको पाइएको छ । प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरूको अभिलेखन गर्ने क्रममा सन् २०२५ जनवरी १ देखि सन् २०२५ डिसेम्बर ३१ सम्ममा उक्त सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना घटेको जनाएको हो । सबैभन्दा बढी धम्की दुर्व्यवहा...

१८ वर्ष कैद सजाय पाएका फरार कैदी श्रेष्ठ झोरबाट पक्राउ

१८ वर्ष कैद सजाय पाएका फरार कैदी श्रेष्ठ झोरबाट पक्राउ
काठमाण्डौं। कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय पाएर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको झोरबाट पुनः पक्राउ गरेको छ। सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा नं. ६ घर भएका ५० वर्षीय बसन्त भनिने गुन्ज बहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो। श्रेष्ठले कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १८ वर्षको कैद स...

शेखर कोइरालासहितका नेताहरू देउवासँग छलफलका लागि महाजगञ्जमा

शेखर कोइरालासहितका नेताहरू देउवासँग छलफलका लागि महाजगञ्जमा
नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् ।देउवा निवास महााजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको जनाईएको छ । छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पुगेका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दैगर्दा देउवाले छलफल तीव्र बनाएका हुन् । विशेष पक्षधर महाधिवेशनमा भने दुई प्र...

पौष २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

पौष २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका काम अघि बढ्ने र नयाँ काम सुरु गर्ने अनुकूल समय छ । परिश्रमको उचित मूल्यांकन हुनेछ र अरूको विश्वास जित्न सक्नुहुनेछ । अधुरा काम पूरा हुने संकेत छन् । परोपकारतर्फ मन जानेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । वृष आज काम रमाइलो तरिकाले अघि बढ्नेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुन सक्छ । प्रयास गर्दा प्रेममा सफलता र वैवाहिक सम्बन्धतर्फको योग देखिन्छ । बोल...

बिराटनगरमा ‘बिराट सर्जिकल अपडेट्स २०२६’ सफलतापूर्वक सम्पन्न

बिराटनगरमा ‘बिराट सर्जिकल अपडेट्स २०२६’ सफलतापूर्वक सम्पन्न
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) को सभागृहमा दुई दिनसम्म सञ्चालित 'बिराट सर्जिकल अपडेट्स २०२६' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पोस्ट ग्रेजुएट एमएस (जनरल सर्जरी) रेजिडेन्टहरूका लागि आयोजित यो Exam Oriented Crash Course काठमाडौं बाहिर पहिलो पटक सञ्चालन भएको हो। बहुविषयक शैक्षिक शल्यचिकित्सा कार्यक्रमको रूपमा आयोजित 'बिराट सर्जिकल अपडेट्स २०२६' को मुख्य उद्देश्य शल्यचिकित...

कोशी प्रदेशबाट राष्ट्रियसभामा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

कोशी प्रदेशबाट राष्ट्रियसभामा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित
काठमाण्डाै – राष्ट्रियसभामा कोशी प्रदेशबाट अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । एकल उम्मेदवार रहेका थापालाई निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आज निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआइपुग्दा कांग्रेसका थापाको एकल उम्मेदवारी परेको थियो । आयोगले आज राष्ट्...

पौष २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

पौष २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष रुपैयाँ पैसाको कारोबार हुने दिन छ । आफन्तसँग भेटघाटको अवसर मिल्नेछ । धर्म कर्म, मंगलमय कार्य तथा सामाजिक दायित्वमा समय बित्नेछ । बौद्धिक पक्षबाट लाभ मिल्ने योग छ । तर गलत व्यक्तिको विश्वास गर्दा काममा धोका हुन सक्छ । सवारी साधन तथा हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस् । वृष परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ मिल्ने दे...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान
काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ। महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ। प्र...

काठमाडौंमा गरियो ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’को शुभारम्भ,के के हुँदैछन् सुरुवातमा प्रसारण

काठमाडौंमा गरियो ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’को शुभारम्भ,के के हुँदैछन् सुरुवातमा प्रसारण
काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’लन्च भएको छ। हिजो (शनिबार) काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन्। यो शुभारम्भ भएसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकका लागि ओटिटिमार्फत हेर्न पाउने सुविधाको सुरुवात भएको छ। यसको सुरुवातसँगै यसले विश्व बजारमा आफ्नो पहुँच पुर्य...

मोरङमा कराते जिल्ला छनौट प्रतियोगिता सम्पन्न

मोरङमा कराते जिल्ला छनौट प्रतियोगिता सम्पन्न
सरिता कर्मकार विराटनगर।  नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल सितोरियो कराते संघको स्वीकृतिमा मोरङ जिल्लामा आयोजित जिल्ला स्तरीय कराते छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगिता विराटनगरस्थित शहिद मैदानको कवर्ड हलमा सम्पन्न भएको हो। नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरको संयुक्त कार्यक्रम तथा आयोजनामा हुन गइरहेको राष्ट्रिय काष्ठमण्डव कराते प्रतियोगिता र लगनखेल डोजो ललितपुरको...