देशभर मनाइँदै रामनवमी पर्व, श्रीरामको भक्तिपूर्वक पूजाअर्चजना गरिँदै
काठमाडौं। चैत्र शुक्ल नवमीमा पर्ने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो।
विष्णुका सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो। भ...









