निर्वाचनअघि राजावादी शक्ति एकजुट हुँदै : राप्रपा–राप्रपा नेपालबीच एकता, लिङ्देन–थापाले आजै हस्ताक्षर गर्ने
झापा / आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै राजावादी राजनीतिक शक्ति पुनः एकजुट हुने दिशामा अघि बढेको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताका लागि सहमति भएको छ ।
बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई दलबीच एकता गर्ने निर्णय गरेको हो । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आजै साँझ...









