इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई देशका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।राप्रपाको केन्द्रीय समितिको निर्णयअनुसार शाहीलाई जुम्ला, ललितपुर-१, भक्तपुर-१, रुपन्देही-२, सुर्खेत-२ र कञ्चनपुर-२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

राप्रपाले फागुन २१ को निर्वाचनलाई निर्णायक मान्दै देशभर रणनीतिक रूपमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको बताएको छ। अन्तिम उम्मेदवार टुंगो लगाउने निर्णय भने आगामी केन्द्रीय समितिको बैठकबाट हुने छ।

तपाईको प्रतिक्रिया