झापा,५ का उम्मेदवार बालेन शाहद्वारा झापा,२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन
झापा, झापा ५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाएका छन्। बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको बताइएको छ। बालेन शाहले इन्...








