मालपोत अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, चैत १८ गते । मालपोत कार्यालय, पर्साका तत्कालीन अधिकृत हरिनारायण मिश्रसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालय, पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ बाट एकै नम्बरका दोहोरो/तेहोरो रजिस्ट्रेसन नम्बर राखी एकभन्दा बढी लिखतहरू पारित गरी बढी रकम रहेका लिखतहरूको रकम नबुझ...









