- – ज्याे. पं. तुलसी भारद्वाज

मेष
अनावश्यक रूपमा कसैसँग झैझगडा हुन सक्छ, त्यसैले संयमित रहनुहोस् । यात्रामा विशेष सावधानी अपनाउनु उचित हुनेछ । लेनदेन सम्बन्धी समस्या आउन सक्छ र शत्रु पनि बढ्न सक्छन् । व्यापारमा घाटा बेहोर्नुपर्ने संकेत छ । कृषि, पशुपालन तथा घरायसी काममा समय बित्नेछ ।

वृष
मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । मित्रजनबाट प्रशंसा पाइनेछ र नसोचेको सम्मान प्राप्त हुने सम्भावना छ । पढाइमा सुधार आउनेछ । विरोध गर्नेहरू नै प्रशंसक बन्न सक्छन् । यद्यपि, काममा केही समस्या र लेनदेनमा सावधानी आवश्यक छ । जागिरमा सम्मान मिल्नेछ ।

मिथुन
अधुरा काम पूरा हुने र नयाँ अवसर प्राप्त हुने योग छ । धन आर्जनका राम्रो अवसरहरू मिल्नेछन् । लामो समयदेखि रोकिएका कामहरू अघि बढ्नेछन् । आकस्मिक निम्तोमा सहभागी हुन सकिनेछ । मनमा उत्साह र आत्मविश्वास बढ्नेछ ।

कर्कट
व्यापार व्यवसायमा संलग्नहरूलाई विशेष लाभ मिल्नेछ । रुचिका क्षेत्रमा लगानी बढाउन अनुकूल समय छ । प्रेम र दाम्पत्य जीवन सुखद रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ र आयआर्जनका नयाँ स्रोत फेला पर्न सक्छन् । तर कृषिजन्य क्षेत्रमा अपेक्षाकृत कम लाभ हुन सक्छ ।

सिंह
बाटो काट्दा वा जोखिमपूर्ण कार्य गर्दा सावधानी अपनाउनुहोस् । पुरानो रोगले पुनः सताउन सक्छ । खर्च र विवाद बढ्ने सम्भावना छ । शत्रुबाट बाधा आउन सक्छ । गलत निर्णयले आर्थिक नोक्सानी हुन सक्छ, त्यसैले सजग रहनुहोस् ।

कन्या
विभिन्न अवसरहरूले पछ्याउने छन् । भविष्यका लागि महत्वपूर्ण योजना सुरु गर्ने मौका मिल्नेछ । आर्थिक लाभ हुने संकेत छ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध बलियो रहनेछ । अधुरा काम पूरा हुनेछन् र आफन्तको सहयोग प्राप्त हुनेछ ।

तुला
अरूको विश्वास सजिलै जित्न सकिनेछ । धन तथा सम्मान प्राप्त हुने योग छ । व्यापारबाट राम्रो आम्दानी हुन सक्छ । नसोचेका कामहरू पूरा हुनेछन् । धार्मिक कार्य वा तीर्थयात्राको अवसर मिल्न सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

वृश्चिक
अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहनेछ । प्रयास गरे अवसरको राम्रो उपयोग गर्न सकिनेछ । सुखद र रमणीय यात्रा हुने योग छ । जीवन साथी वा आमाको सल्लाहले सफलता दिलाउन सक्छ ।

धनु
हतारमा गरिएको निर्णयले काम बिग्रन सक्छ, त्यसैले सोचविचार गरेर मात्र कदम चाल्नुहोस् । मान्यजनको सुझाव मन नपर्न सक्छ । आर्थिक समस्या र लेनदेनमा विवाद आउन सक्छ । घरायसी समस्या बढ्न सक्छ र पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ ।

मकर
नयाँ वा दीर्घकालीन योजना बनाउन अनुकूल समय छैन । गलत विचारले काममा बाधा ल्याउन सक्छ । अरूका काममा बढी समय खर्च हुन सक्छ । तर जागिर र राजनीतिमा सम्मान प्राप्त हुने योग छ । अरूको मन जित्न सकिनेछ र काम प्रति सन्तुष्टि मिल्नेछ ।

कुम्भ
सोच्ने शक्ति बढ्नेछ । विरोध गर्नेहरू नै प्रशंसक बन्न सक्छन् । अन्न तथा धनको वृद्धि हुनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । प्रेम सम्बन्ध बलियो बन्नेछ । सामाजिक प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ । रोकिएका कामहरू सजिलै पूरा हुनेछन् ।

मीन
परिश्रमले धेरै काम सफल हुनेछन् । धन आर्जनका राम्रो अवसर मिल्नेछन् र भाग्य पनि बलियो रहनेछ । परोपकार तथा धार्मिक कार्यमा लगानी गर्दा राम्रो फल मिल्नेछ । मनोरञ्जनमा समय बित्नेछ । व्यापारमा लाभ हुनेछ । साथीभाइको सहयोग मिल्नेछ, तर आफन्तबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ ।

तपाईको प्रतिक्रिया