फुङलिङ, चैत १८ गते । घरेलु तथा साना उद्योग कार्यक्रममार्फत एक सय ५५ जनाले रोजगारी प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा एक सय ५५ जनाले रोजगारी प्राप्त गरेका हुन् ।

घरेलु तथा साना उद्योगले सञ्चालन गरेको विभिन्न कार्यक्रम तथा तालिमा सहभागी बनि उक्त सङ्ख्याले रोजगारी प्राप्त गरेको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा चार सय १७ जनाले रोजगारी प्राप्त गरेका थिए ।

यस्तै चालु आबको फागुन सम्ममा ४१ जना नयाँ उद्यमी बनेका छन् । गत आर्थिक वर्षमा एक सय ३ जना उद्यमी बनेका थिए । सो अवधिमा ९२ वटा नयाँ उद्योग समेत थपिएको सुहाङले जानकारी दिनुभयो ।

साहारा लिम्बू गोरखापत्र अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया