भूमिहीन तीस दिनभित्र सम्पर्कमा आउनु: वीरगञ्ज महानगरपालिका

भूमिहीन तीस दिनभित्र सम्पर्कमा आउनु: वीरगञ्ज महानगरपालिका
वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू–भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगञ्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो । वीरगञ्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्...

वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
काठमाडौँ- प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रक...

आजको राशिफल ~वि.सं. २०८३ वैशाख १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ वैशाख १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष विगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् । तर व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै होला । वृष संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विश...

मन्त्रीसमक्ष घाइते विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई आर्थिक सहयोगको माग

मन्त्रीसमक्ष घाइते विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई आर्थिक सहयोगको माग
१० वैशाख/ मधुमल्ला मिक्लाजुङ गाउपालिकाले सडक दुर्घटनामा गम्भीर घाइते भएका मिक्लाजुङ–७ निवासी विद्युत् कर्मचारी देवीप्रसाद निरौलालाई उपचारका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराइदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ। बिहिबार गाउपालिका अध्यक्ष बबिकुमार राई र मोरङ निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञमणि न्यौपानेले मन्त्रालयमा मन्त्री श्रेष्ठलाई भेट गरी घटनाब...

६ महिनामा १ लाख ७६ हजार सवारी लाइसेन्स वितरण गरिने

६ महिनामा १ लाख ७६ हजार सवारी लाइसेन्स वितरण गरिने
भक्तपुर। यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपांग्रे र चारपांग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमतिपत्र (लाइसेन्स) ६ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ। कार्यालयले मंगलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमतिपत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए। ...

१४ वर्षीया किशोरीलाई एक सातासम्म बन्धक बनाएर जबर्जस्ती करणी

१४ वर्षीया किशोरीलाई एक सातासम्म बन्धक बनाएर जबर्जस्ती करणी
जनकपुर । १४ वर्षीया एक दलित किशोरीलाई एक सातासम्म बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको क्षीरेश्वर नगरपालिका ९ की दलित किशोरीलाई स्थानीय महिला खुश्बुदेवीले खेतमा काम गर्ने प्रलोभनमा लगेर जयराम महतोको जिम्मा लगाएका थिइन् । धनुषा प्रहरीका अनुसार महतोले ती किशोरीलाई बसनियाँ खोला किनारमा लगेर जबर्जस्ती करणी गरेका थिए । रगतले लतपतिएकी किशोरीले प...

लोकतन्त्र दिवस मनाइँदै, परिवर्तनको प्रवेश द्वार वैशाख ११

लोकतन्त्र दिवस मनाइँदै, परिवर्तनको प्रवेश द्वार वैशाख ११
काठमाडौं। २०औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै छ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेका थिए। जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि र...

सिक्री लुटेको आरोपमा एक जना पक्राउ

सिक्री लुटेको आरोपमा एक जना पक्राउ
ललितपुर। सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगर २० कुहेनी बस्ने ३२ वर्षीय रिक्की डंगोललाई बुधबार प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगर ११ स्थित चिल्ड्रेनपार्क शंखमुलमा गत सोमबार पीडित महिलाको सुनको सिक्री लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई लुटपाट भएको २.७ तोला तौलको सुनको सिक्रीसहित पक्रा...

व्यवसायी शेखर गोल्छा नक्सालबाट पक्राउ

व्यवसायी शेखर गोल्छा नक्सालबाट पक्राउ
काठमाडौँ, वैशाख १० गते । व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ पर्नुभएको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहनुभएका गोल्छालाई बिहीबार साँझ पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन सम...

‘लाङटाङ ट्रेल रन’ जेठ २३ गते

‘लाङटाङ ट्रेल रन’ जेठ २३ गते
काठमाडौँ – रसुवा–नुवाकोट पर्यटन समाजले ‘लाङटाङ ट्रेल रन–२०८३’ आगामी जेठ २३ गते आयोजना गर्ने भएको छ। लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा साहसिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। करिब ३२ किलोमिटर दूरीको यो दौड क्याङ्जिन गुम्बाबाट सुरु भई लाङटाङ गाउँ, घोडातवेला, लामा होटल हुँदै स्याफ्रुबेसीमा समापन हुनेछ। कार्यक्रममा बागमती प्रदेश सरकारको...