काठमाडौँ, वैशाख १० गते । व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ पर्नुभएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहनुभएका गोल्छालाई बिहीबार साँझ पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नं. ८ बस्ने हुलासचन्द्र गोल्छाको छोरा शेखर गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि पक्राउ गरिएको हो ।

बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्यूरोमा प्राप्त हुन आएको मिति २०८३ वैशाख १० गते काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमतिलिइ काठमाडौँको नक्सालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोल्छा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया