२० हजार घुस लिएका प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध भ्रष्टाचार मुद्दा, कैद, बिगोसहित जरिवाना
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रहरी वृत्त मालीगाउँ, काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक राउतले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको हो ।
आयोगका अनुसार बैंकिङ कसुर अन्तर्गतको चे...









