हुम्ला – महिलालार्य जबर्जस्ती करणी गरेको आरोपमा एक जना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जुम्लाको पातारासी गाउँपालिका–५ का हालका वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका हुन्।

प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले बुढालाई बुधबार पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको बताए। घटना सम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको गरिएको छ। प्रहरीकाअनुसार पीडित भनिएकी महिलाको पहिचान गोप्य राखिएको छ।

बुढाले पटक–पटक धम्क्याउँदै आफुलाई जबर्जस्ती करणी गरेको उजुरी दिएकी थिइन्। घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया