औद्योगिक क्षेत्रका उद्योगले बक्यौता नतिरेपछि बिजुली–पानी काट्न थालियो

औद्योगिक क्षेत्रका उद्योगले बक्यौता नतिरेपछि बिजुली–पानी काट्न थालियो
काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा, महसुल तथा सेवा शुल्क नतिर्ने उद्योगहरूको बिजुली र पानीको लाइन काट्न थालेको छ। २५ जेठमा सात दिनभित्र बक्यौता बुझाउन सूचना जारी गरिए पनि अटेर गरेपछि कारबाही सुरु गरिएको हो। देशभरका १० औद्योगिक क्षेत्रमा रहेका ६३५ उद्योग तथा निकायबाट कुल ८८ करोड ४५ लाख रुपैयाँ उठ्न बाँकी छ। हालसम्म बालाजु, पाटन, नेपालगञ्ज र गजेन्द्रनारायण सिंह औद्य...

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो
काठमाण्डौ - आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोला सुनको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँका कारोबा...

नागढुंगा-नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने: परीक्षण तीव्र, यस्तो छ गुड्ने सवारीको शुल्क

नागढुंगा-नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने: परीक्षण तीव्र, यस्तो छ गुड्ने सवारीको शुल्क
काठमाडौं। नेपालको बहुप्रतिक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि व्यावसायिक रूपमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने भएको छ। यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नौबिसे-नागढुंगा सडकखण्डमा वर्षौँदेखि हुँदै आएको सवारी जाम र आउजाउको सास्ती धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार आगामी साउनभित्रै सुरुङमार्ग सञ्चालन गर्ने गर...

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन
ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा साढे ४६ लाख बढी भेटी सङ्कलन भएको छ । जेठ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार जेठमा भक्तजनहरूले ४६ लाख ६० हजार ६०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । यो सहित चालु आर्थिक वर्षमा चार करोड ४९ लाख ३१ हजार २०० ...

गण्डकी बजेटः ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

गण्डकी बजेटः ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
गण्डकी, २ असार । ‘आत्मनिर्भर र समुन्नत प्रदेशःसुखी प्रदेशवासी’को दीर्घकालीन सोचसहित गण्डकी प्रदेश सरकारले लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकीकरणलाई प्रोत्साहन हुनेगरी सोमबार बजेट ल्याएको छ । गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा आगामी आव २०८३-८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशको आर्थिक–सामाजिक रुपान्तरणका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभयो । ...

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निगमकाे निर्णय (विज्ञप्तिसहित)

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निगमकाे निर्णय (विज्ञप्तिसहित)
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य यथावत् कायम गरेको हाे । इन्डियन आयल कर्पोरेसनबाट साेमबार प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको निर्णय अनुसार मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको निगमले जनाएकाे छ । जस अनुसार पेट्रोल पहिलो वर...

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङ यीबीचको भेटमा के–के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङ यीबीचको भेटमा के–के भयो कुराकानी ?
विराटनगर/ चारदिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार बेइजिङमा भएको भेटवार्तामा सीमादेखि कनेक्टिभिटीसम्मका कुरा भएका छन् । मन्त्री खनालले समकक्षीसँगको भेटमा ‘एक चीन सिद्धान्त’प्रति सरकारको प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नेपाली भू–भाग चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने प्रतिबद्धता दोहोर्‍याएका छन् । जवाफमा वाङ यीले नेपालक...

प्रदेश सरकारले ल्याए दुई खर्ब बयानब्बे अर्बको बजेट

प्रदेश सरकारले ल्याए दुई खर्ब बयानब्बे अर्बको बजेट
काठमाडौँ, असार २ गते । आन्तरिक आय विस्तारमा खासै वृद्धि गर्न नसके पनि प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गत वर्षभन्दा पाँच अर्ब रुपियाँ बढी हुने गरी बजेट सार्वजनिक गरेका छन् । आन्तरिक आय विस्तारमा खासै सुधार नहुने आकलनसहित प्रदेश सरकारहरूले दुई खर्ब ९२ अर्ब रुपियाँको बजेट ल्याएका छन् । चालु आव २०८२/८३ मा कुल दुई खर्ब ८७ अर्ब रुपियाँको बजेट ल्याइएको थियो जुन अघिल्लो आवको तुलना...

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम
सौगात विष्ट ताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ताप्लेजुङमा सिजनल सयपत्री फूल खेती तालिम सुरु भएको छ । सामाजिक न्यायको लागि महिला सञ्जाल ताप्लेजुङको आयोजनामा फूल खेती तालिम सुरु भएको हो । तालिममा जिल्लाका विभिन्न क्षेत्रका महिलाहरूको सहभागिता रहेको छ। तालिममार्फत सहभागी महिलाहरूलाई सयपत्री फूलको व्यावसायिक खेती, उत्पादन व्यवस्थापन, बजार व्यव...

बागमती सरकारले ल्यायो ६७ अर्बको बजेट

बागमती सरकारले ल्यायो ६७ अर्बको बजेट
काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद्‌मा बजेट प्रस्तुत गर्दै आगामी आवका लागि चालूतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरेका छन्। उनका अनुसार उक्त बजेट कार्यक्...