युवाको वैदेशिक पलायन रोग्न रेसुंगामा ‘मिसन रोजगारी’
टोपलाल अर्याल
रेसुंगा(गुल्मी), मङ्सिर १९ गते । गाउँमा युवा जनशक्ति दैनिक पलायन भइरहेको छ । काम गर्ने उमेरका युवाहरु गाउँमा नभएपछि उर्वर जमिन बाँझा बन्दै गएका छन् । भरथेग गरेर उद्यम गरिरहेका युवाहरुमा पनि लामो आशा र सपना देखिदैन् ।
सोही अवस्थाको अन्त्य गर्न रेसुंगा नगरपालिकाले ‘मिसन रोजगारी’ कार्यक्रम प्रारम्भ गरेको छ । यो कार्यक्रमले उद्यमशीलतामा अभिवृद्धि, नयाँ खोज, व्यवसायीक सीप र रोजगारी प्...









